सडकबाट गाडी खस्दा बुबाको मृत्यु, छोरीसहित २ जना सिकिस्त

इलाम। इलाम नगरपालिका-११ सोयाक-आले सडक खण्डमा आइतबार साँझ पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा देउमाई नगरपालिका-९ मा व्यवसाय गर्दै आएका ३८ वर्षीय विष्णु पराजुलीको मृत्यु भएको हो।

सोयाकको बेलासेदेखि केही माथि भएको दुर्घटनामा उनकी छोरी ८ वर्षीया प्रेयसा र चालक देउमाई–९ जितपुरका २२ वर्षींय आइतबहादुर लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

झापाबाट खाद्यान्नलगायतका सामग्री बोकेर गइरहेको प्र १-०१-००१ च ९७७८ नम्बरको गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *