करेन्ट लागेर दम्पतीको मृत्यु
विराटनगर। मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर शनिबार बिहान दम्पतीको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्न खोज्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बिजुलीको खम्बाबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा घटना भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
प्रतिक्रिया
