सर्पले डसेर शिक्षिकाको मृत्यु

काठमाडौं। कैलालीमा सर्पले टोक्दा एक जना शिक्षिकाको मृत्यु भएको छ। शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

गोदावरी नगरपालिका-८ श्रीपुरस्थित शारदा माध्यमिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहीबार सर्पले टोकेको थियो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

अवस्थीको उपचारका क्रममा राति मृत्यु भएको हो । अवस्थी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *