देशको पश्चिमी भेगतिर विस्तार हुँदै मनसुन
काठमाडौं। यो वर्षको मनसुन प्रणाली विस्तार हुन थालेको छ। देशको पूर्वी भागबाट पश्चिमी क्षेत्रतर्फ पानी पार्ने प्रणाली विस्तार भइरहेको हो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझ ५ बजेसम्म लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुन प्रवेश गरिसकेको छ।
कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
नेपालमा यो वर्षको मनसुन आगमन गत १५ जेठबाट कोशी प्रदेशबाट भएको थियो। औसत समयभन्दा यो वर्ष १५ दिनअघि मनसुन नेपाल भित्रिएको हो।
विभागका अनुसार नेपालको बाँकी भूभागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना देखिएको छ।
प्रतिक्रिया
