कटारी बसपार्कबाट गायब बस सिराहामा

विराटनगर। उदयपुरबाट चोरी भएको बस सिरहामा फेला परेको छ। सोमबार बिहान कटारी नगरपालिका-३ मा रहेको बसपार्कबाट बस चोरी भएको थियो।

बसपार्कमा रोकेर राखिएको मधेश प्रदेश ०२–००१ ख ०२५२ नम्बरको बस चोरी भएको भन्दै त्यसका चालक कटारी–४ का विजय चौधरीले प्रहरीमा खबर गरेका थिए। जानकारी आएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार सिराहाको गोलबजारमा छाडिएको अवस्थामा उक्त बस सोमबार राति भेटिएको हो।

बस कसले कटारी बसपार्कबाट लग्यो भन्ने खुलिसकेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *