सडकबाट टेम्पो खस्दा १ जनाको मृत्यु, ३ घाइते

विराटनगर। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको टेम्पो सडकबाट खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार टेम्पोका यात्री ओखलढुंगा मोलुङ गाउँपालिका–८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार बिहान साढे ११ बजेतिर भएको घटनामा अन्य तीनजना घाइते भएका छन्।

अनियन्त्रित भएर टेम्पो सडकबाट करिब १५० मिटर तल  खसेको प्रहरीले जनाएको छ। घाइते हुनेमा टेम्पो चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–६ मुक्लीका ३८ वर्षीय राजेश विक, सोही ठाउँका ४० वर्षीय काजी विक र ओखलढुंगा मोलुङका ३५ वर्षीय मिङमार शेर्पा छन्। उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *