दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
झापा। कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) को मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गको कमल गाउँपालिका–३ मा भएको दुर्घटनामा पुरनलाल राजवंशीको मृत्यु भएको हो।
मोरङ, कानेपोखरी गाउँपालिका–४ का ४८ वर्षीय राजवंशी इलामको बिओपी समालबुङ पोष्टमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।
पूर्वतिर जाँदै गरेको प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा कुदाइएकोले अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
प्रतिक्रिया
