अमेरिकामा एकै परिवारका ४ नेपाली मृत भेटिए

काठमाडौं। अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन्। दुई जना बालबालिका र दुईजना बयस्क मृत अवस्थामा भेटिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

‘एनबीसी वासिङटन’ का अनुसार घटना बिहीबार राति भएको हो। मृत्यु हुनेहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ र उनका दुई सन्तान २ वर्षीय छोरा र ८ वर्षीया छोरी छन्। उनीहरु लानाए लेनको ९४०० ब्लकको अपार्टमेन्टमा बस्दै आएका थिए।

कोठाबाट लामो समय निस्किएको नदेखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेर जाँच गर्दा उनीहरु गोली लागेको अवस्थामा मृत फेला परेका थिए।

घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्। शवलाई मेडिकल परीक्षका लागि अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मनासस पार्क प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानअनुसार घटना हत्या गरिएको वा आत्महत्या हुनसक्ने बताएको छ। कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *