इलाम क्याम्पसको पूर्वविद्यार्थी समाजका पदाधिकारी चयन
इलाम। महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको पूर्वविद्यार्थी समाजले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ। सभाले नयाँ कार्य समिति बनाएको छ।
साधारण सभाले गणेशप्रसाद बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ। उपाध्यक्ष बिमल बैद्य, सचिव रामकुमार शाह, सहसचिव गायत्री थेगिम, कोषाध्यक्ष विद्या सापकोटा चयन भएका छन्।
यस्तै, सदस्यमा कमलप्रसाद नेपाल, नुनुमा राई, रिता अधिकारी, निरोज खड्गी, ठाकुरनारायण श्रेष्ठ, युवराज भटृराई, मनकुमार बराइली, यादव अधिकारी, उत्तम पौडेल र संगीता कार्की छन्।
समाजका अध्यक्ष बरालको सभापतित्वमा भएको साधारणसभाका अवसरमा क्याम्पस प्रमुख गंगाराम पौडेल, स्ववियु सभापति विशाल कार्की र क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रेमलाल मिश्रले शुभकामना व्यक्त गरेका थिए।
उक्त क्याम्पस मा अध्ययन गरेका पूर्व विद्यार्थीहरूबीच सम्बन्ध विस्तार। आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने समितिको उद्देश्य छ। यसैगरी, क्याम्पस र समाजलाई एकआपसमा जोडेर लैजाने, क्याम्पसको स्तर वृद्धि र विकासका लागि दीर्घकालीन तथा तत्कालीन योजना तथा कार्यक्रमहरूलाई सहयोग पुर्याउने उद्देश्य समेत रहेको सचिव शाहले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्याम्पस, शिक्षण तथा अनुसन्धान केन्द्र र दातृ संस्थाहरूसँग समन्वय कायम गर्दै विद्यार्थी कल्याण तथा क्याम्पसको उन्नयनका लागि अक्षय कोष स्थापना गर्ने लक्ष्य समेत रहेको उनले बताए।
क्याम्पसमा रचनात्मक क्रियाकलापहरुको आयोजनामा सहयोग गर्ने लगायत उद्देश्य राखेर समाज गठन गरिएको जनाइएको छ। उक्त क्याम्पसमा अध्ययन गरिसकेका पूर्वविद्यार्थीहरुले ५ सय रुपैयाँ तिरेर सदस्य बन्न सक्ने तथा ५ हजार रुपैयाँ तिरेर आजीवन सदस्य बन्न सक्ने नियम बनाइएको छ।
