सिटी सफारीको ब्याट्री चार्ज गर्दा करेन्ट लागेर मृत्यु

विराटनगर। सिटी सफारीको ब्याट्री चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका ८ हाटखोलामा घटना भएको हो।

प्रहरीका अनुसार करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो। सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा उनलाई बिहीबार अपराह्न करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *