विराटनगरमा भेला हुँदै देशभरका पालिका उपप्रमुखहरू

विराटनगर। पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज बिहीबारदेखि विराटनगरमा हुँदैछ।

शनिबारसम्म सञ्चालन हुने सम्मेलनमा २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी हुनेछन्। सम्मेलनले ‘विराटनगर घोषणापत्र’ जारी गर्ने जनाइएको छ।

सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरु सहभागी हुने जनाइएको छ।

वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्ने छन्।

वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी कार्यक्रम डा. गोपी खनालले प्रस्तुत गर्ने भएको छन्। यस्तै, स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिकासम्बन्धी कार्यपत्र रमेश अधिकारीले प्रस्तुत गर्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *