कोशीमा बेपत्ता २ प्रहरीमध्ये १ जना मृत भेटिए

विराटनगर। कोशी नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका २ जना गोताखोरमध्ये १ जना मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान खोजीका क्रममा एक जनाको शव फेला परेको हो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए।

उनीहरुमध्ये राजवंशीको शव फेला परेको हो। राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत् थिए। साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।

सशस्त्र प्रहरीको ५६ जनाको टोली बिहीबार विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । अभ्यासकै क्रममा उनीहरु बेपत्ता भएका थिए। राजवंशी मृत अवस्थामा भेटिएको उल्लेख गदैृ सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले साउदको खोजी भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *