कोशीमा बगेर २ जना प्रहरी बेपत्ता

विराटनगर। कोशी नदीमा बगेर सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन्। उद्धार अभ्यासका क्रममा रहेका सशस्त्र प्रहरी जवानद्वय सुरज साउद र हरदेव राजवंशीलाई बिहीबार दिउँसो कोशी नदीले बगाएको हो।

प्रहरीका अनुसार सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि उद्धार अभ्यास गराएको थियो। गोताखोरसहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरुलाई नदीले बगाएको जनाइएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार विपदमा परेका नागरिकहरुलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास सञ्चालन गरिएको थियो। त्यही क्रममा २ जना बगेर बेपत्ता भएको उनले बताए। बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *