चिट्ठा खेलेरै पाए २५ करोड रूपैयाँ

अन्टारियो (क्यानाडा) । अल्बर्टाका एक व्यक्तिले चौथो पटक चिट्ठा जितेका छन्। पछिल्लो पटक लेथब्रिजका डेभिड सेर्किनले मे ३ मा सार्वजनिक गरिएको ‘लोट्टो ६–४९ गोल्ड बल ड्र’ मा १० लाख क्यानेडियन डलर जितेका हुन्।

सर्किनले लेथब्रिजको फेयरवे प्लाजा रोडमा रहेको केन्द्रबाट उक्त टिकट किनेका थिए। गत वर्ष अगस्टमा उनले ‘लोट्टो म्याक्स ड्र’ मा ५ लाख डलर जितेका थिए। त्यसपछि नोभेम्बरमा १० लाख डलर जितेका थिए।

समग्रमा नौ महिनाभन्दा कम समयमा उनले कूल २.५ मिलियन डलर (२५ करोड ११ लाख रुपैयाँभन्दा बढी) को चिट्ठा जितेका छन्।

उनैले १२ वर्षअघि भएको चिट्ठामा २ लाख ५० हजार डलर जितेका थिए। चिट्ठा जितेपछि प्रतिक्रिया दिंदै सेर्किनले भने, ‘सम्भावना व्यापक छ तर मलाई लाग्दैन कि फेरि पनि यस्तै हुनेछ, तैपनि मलाई अझै चिट्ठा किन्न मन छ।’

लोट्टो म्यक्स ज्याकपट वा म्याक्स मिलियन्स पुरस्कार जित्ने सम्भावना ३ करोड ३२ लाख ९४ हजार ८०० मा १ हो। उनले सन् १९८२ देखि चिट्ठा किन्न थालेको बताएका छन्। धेरैजसो अहिले जितेकै कम्पनीको चिट्ठा उनले किनेका छन्।

आफू क्यान्सरबाट बचेको व्यक्ति भएको उल्लेख गर्दै उनले कामबाट पनि अवकाश पाएको बताएका छन्। उनले लगातार चिट्ठामा ठूलो रकम जित्दै आउँदा परिवार र साथीभाइ चकितसँगै खुसी छन्।

-नेपाल टचबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *