घर-जग्गामा कडाइ : बैंकिङ प्रणालीमा कारोबार अनिवार्य
काठमाडौं। सरकारले घर–जग्गा कारोबारमा कडाइ गरेको छ। अबदेखि यस्तो कारोबार गर्दा बैंकिङ प्रणाली अनिवार्य गरिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमिसुधार तथा मालपोत कार्यालयहरुलाई १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गाको कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याउन भनेका छ।
आतंकवादी तथा गैरकानुनी लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले जारी भएको सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को प्रावधानलाई कार्यान्वयनमा ल्याउने क्रममा सरकारले यस्तो निर्देशन जारी गरेको हो।
विभागको निर्देशनअनुुसार अब घर जग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्नेछ। सम्पूर्ण आर्थिक करोबारलाई बैंकिङ प्रणालीभित्र देखिने गरी विद्युतीय वा चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। किन्ने र बेच्ने दुवैले बैंकखाताबाट मात्रै कारोबार गर्नुपर्नेछ।
जग्गा पास गर्दा ‘केवाइसी’ फारम समावेश गर्नुपर्ने, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
सूचक संस्थाले घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा क्रेता तथा विक्रेता दुवैको फाराम भर्न लगाई लिखत साथ सिष्टममा प्रविष्ट गर्नुपर्नेछ । त्यस्ता फाराम भूसेवा केन्दसामु भएका कार्यालयमा भूसेवा केन्द्रले र भूसेवा केन्द्र लागु नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले मर्न सगाई लिखतसाथ सिष्टममा प्रविष्ट गर्नुपर्नेछ।
नयाँ सेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा सख्या र पुराना भूनेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता भूसेवा केन्द्रको अनुसूची–३ बमोजिम र सो का सञ्चालकको अनुमति २ बमोजिमको केवाइसी फाराम भर्न लगाई कार्यालयले मुरक्षित राख्नुपर्नेछ।
घर जग्गा खरिद बिकीको कारोबार गर्दा १० लाख रुपैयाँदेखि माथि पचास लाख रुपैयाँसम्मकोे कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। तर ५० लाख रुपैयाँभन्दा बढीको रकमको करोबार विद्युुतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ मार्फत गर्नुपर्नेछ।
घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक गरीवार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ।
बैंक मार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घर जग्गा खरिद बिक्रीको कारोवार गर्दा लाग्ने रजिष्ट्रेशन बापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर बापतको राजश्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्च खातामा जम्मा गर्नुपर्नेछ।
घर जग्गा खरिद विक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेश गरेमा १० लाख रुपैयाँभन्दा बढीको वैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विद्युतीय कारोवार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेश गर्नुपर्नेछ।
घर जग्गाको खरिद विक्री गर्ने खरिदकर्ता था बिक्रीकर्ताले एक दिनमा एकपटक वा पटकपटक गरी ३ करोड़ वा सोभन्दा बढी रकमको घरजग्गा खरिद वा विक्री गर्दा कार्यालयले सो को विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।
घर जग्गा खरिद वा बिक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सो को जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।
निर्देशनमा उल्लेख भएको घर जग्गा खरिद विकीको कारोवार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुबैलाई जनाउने बताइएको छ।
विभागको निर्देशनको पालना गर्ने दायित्व घर जग्गा खरिद र बिक्रीकर्ता, सूचक संस्था र कार्यालयको हुनेछ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले यस निर्देशनको पालना भए नभएको अनुगमन गरी निर्देशनविपरीत भएको पाइएमा ऐन र नियमावली बमोजिम कार्वाहीको प्रक्रिया अगाडि बढाउने जनाइएको छ।
