जिस्कँदा जिस्कँदै बालकको लिङ्ग काटिएपछि…

विराटनगर। मोरङको पथरी शनिश्चरेका एक व्यक्तिले ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन्। ‘काटिदिउँ..’ भन्दै जिस्किने क्रममा बालकको लिङ्ग काटिएको हो।

प्रहरीका अनुसार मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोमबार बेलुका बालकको लिङ्ग काटेका हुन्।

उनी ग्रील पसल सञ्चालक हुन्। ग्रेन्डरमा ग्रेन ब्लेड जडान गरी जिस्किने क्रममा उनले सोही स्थानका बालकको लिङ्ग काटिदिएको प्रहरीको भनाइ छ।

बालकलाई उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। चौधरीले नै बालकलाई अस्पताल ल्याएका हुन्।

उनको लिङ्गको अगाडिको भाग काटिएको र उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *