एकतर्फी सञ्चालनमा आयो कोशी लोकमार्ग

धरान। बाढीले सडक क्षतिग्रस्त भएपछि अवरुद्ध बनेको कोशी लोकमार्ग सञ्चालनमा आएको छ। लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडकखण्डको एक भाग बगाएको थियो।

सडक बगेपछि अवरुद्ध भएकामा आज शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको हो। अस्थायी डाइभर्सन गरेर आज साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए।

सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए। ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो।

सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *