बाढीले कुमाले खोलाको पुल क्षतिग्रस्त
इलाम। अविरल वर्षापछि कुमाले खोलामा आएको बाढीले इलामको चुलाचुलीमा पुल बगाएको छ। चुलाचुली गाउँपालिका–१ मा बनाइँदै गरेको पुल बाढीले शनिबार बिहान बगाएको हो।
पुल ढलानका लागि तयार गरिएको संरचनाको बीच भाग बाढीले भत्काएको छ। अरु केही संरचना बगाएको र क्षतिग्रस्त बनोको जनाइएको छ। प्रहरीका अनुसार केही गाउँको संरचना दबिएको छ।
यसैबीच, इलामको माई नगरपालिका–७ खैरेनीस्थित महमाईबाट लारुम्बा जानेसडकखण्ड पनि वर्षाका कारण अवरुद्ध भएको छ।
प्रतिक्रिया
