डिजिटल कारोबारमा लाग्ने शुल्क घट्यो
काठमाडौं। डिजिटल भुक्तानीमार्फत् हुने कारोबारमा लाग्दै आएको कर खारेज भएसँगै सेवा शुल्क घटेको छ। अघिल्लो सरकारले डिजिटल कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेपछि सेवा शुल्क पनि बढेको थियो ।
आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त कर खारेज गरेका हुन् । कर खारेज भएसँगै शुक्रबारदेखि नै सेवा प्रदायकले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् ।
यसअघि ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै, ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झरेको छ ।
सरकारले १३ प्रतिशत भ्याट लगाउँदा १.३० रुपैयाँ सहित ग्राहकले प्रति कारोबार ११ रुपैयाँ ३० पैसा तिर्नुपर्थ्यो ।
प्रतिक्रिया
