आयो १९ खर्ब ६४ अर्बको बजेट (हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं। सरकारले १९ खर्ब ६४ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका हुन्।
कूल बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ९९ करोड रहने अर्थमन्त्री पौडेलको भनाइ छ।
उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको छ।
प्रतिक्रिया
