सडकबाट गाडी खस्दा ५ जना घाइते

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोलेमा बुधबार अपराह्न स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन्।

हेयर्ड नेपाल नामक संस्थाको विराटनगरका कर्मचारी बोकेर धरानबाट संखुवासभा गइरहेको को १ च ६६४० नम्बरको गाडी दुर्घटनामा परेको धनकुटा प्रहरीका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

ब्रेक फेल’ भएर गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। गाडी सडकबाट गाडी करिब ५० मिटर तल खसेको थियो।

उनका अनुसार चालक सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुरको त्रियुगाका ६५ वर्षीय ललित परियार, मोरङको विराटनगर महानगरपालिका–३ की ३३ वर्षीया एन्जिला अधिकारी, विराटनगरकै २३ वर्षीया निर्मला गुर्वाजु र उर्लाबारी नगरपालिका–१ की ३० वर्षीया ज्ञानु गौतम घाइते भएका छन्।

घाइतेमध्ये परियारको अवस्था गम्भीर छ। स्कोरपिओका चालक यादव र विराटनगरकी अधिकारीको अवस्था मध्यम र अरु २ जनाको अवस्था सामान्य छ। उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *