जेठ १७ सम्ममा नेपालमा मनसुन भित्रिने
काठमाडौं। यो वर्ष नेपालमा मनसुन चाँडो भित्रिने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो। यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ।
महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार विगतमा देशको पूर्वी भागबाट जेठ ३० गतेतिर मनसुनको आगमन हुने गरेको थियो। यो वर्षभन्दा त्यसभन्दा अघि नै प्रवेश गर्ने संकेत देखिएको छ। मौसमी प्रणाली अध्ययनका क्रममा यस्तो देखिएको हो।
जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ। भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए।
प्रतिक्रिया
