विराटनगरमा भेटियो परैबाट विष फाल्ने ‘स्पिटिङ कोब्रा’
विराटनगर। विशेष प्रजातिको ‘स्पिटिङ कोब्रा’ सर्प विराटनगरमा फेला परेको छ। विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल पछाडि सुनील शर्माको घरमा कोब्रा फेला परेको हो।
विज्ञहरुका अनुसार यो सर्पले जोखिम महसुस गरे परैबाट विष फाल्ने (थुक्ने) गर्छ। सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका थिए।
चिकित्सकका अनुसार यो सर्पको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्नसक्छ।
विराटनगरका अन्य स्थापनमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचित गरेको छ।
कालो र सेतो थुक्ने कोब्रा जस्ता विशिष्ट प्रजातिहरूलाई जोखिममा राखिएको छ। मोजाम्बिक स्पिटिंग कोब्रा जस्ता धेरै थुक्ने कोब्रा प्रजातिहरू सामान्य र व्यापक छन्। तिनीहरू अफ्रिका र एसियाका विभिन्न बासस्थानहरूमा पाइन्छन्, र विष थुक्ने क्षमता उनीहरुको ‘रक्षात्मक संयन्त्र’ मानिन्छ।
