ट्याक्टरको ठक्करले सुनसरीमा २ जना युवकको मृत्यु

सुनसरी। सुनसरीको भोक्राहा नरसिंहमा सोमबार अपराह्न ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जना युवकको मृत्यु भएको छ।

दुर्घटनामा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनापछि दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

प्र–०१–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले उनीहरु चढेको प्र–१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले राजमार्गको भोक्राहा नरसिंह खण्ड केही समय अवरुद्ध गरेका थिए।

ट्रयाक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *