इजरायली आक्रमणमा एकै चिकित्सकका ९ सन्तानको मृत्यु
काठमाडौं। इजरायलले गाजाको खान युनिस शहरका एक बालरोग चिकित्सकको घरमा आक्रमण गर्दा उनका ९ सन्तानको मृत्यु भएको छ। नासेर अस्पतालमा कार्यरत डा. अला अल नज्जारका १० सन्तानमध्ये ९ जनाको मत्यु भएको हो।
आक्रमणमा नज्जारका ११ वर्षीय छोरा र श्रीमान् घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्वास्थ्यकर्मी र उनीहरुको परिवार माथिको आक्रमण निन्दनीय भएको भन्दै इजरायली आक्रमणको सर्वत्र निन्दा गरिएको छ।
नज्जारका घाइते छोराको शल्यक्रिया गरेका बेलायती चिकित्सकले ग्रेयम ग्रुमले बालबालिकाकै उपचारमा आफ्नो जीवन समर्पण गरेकी चिकित्सकले क्षणभरमै आफ्ना ९ सन्तान गुमाउनु असह्य र क्रुर घटना भएको बताएका छन्।
इजरायली रक्षा सेनाले खान युनिस शहरका विभिन्न क्षेत्रमा शंकास्पद व्यक्तिहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ।
प्रतिक्रिया
