३५ अर्ब ५३ करोड रुपैयाँको धान-चामल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा ३५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको धान र चामल आयात भएको छ। आर्थिक वर्ष २०८१–८२ को वैशाख मसान्तसम्म यति मूल्य बराबरको अन्न भित्रिएको हो।

भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड ८० लाख १२ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको हो। उक्त अवधिमा कूल ६ लाख ९८ हजार ९०५ मेट्रिक टन धान चामल आयात भएको तथ्यांक छ।

यो १० महिनाको तथ्यांकअनुसार त्यति धान चामल आयात हुँदा ३ अर्ब २२ करोड २३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कुल आयात भएको धान चामलमध्ये ८१ करोड ८२ लाख ९३ हजार रुपैयाँको करिब १ हजार ८५० मेट्रिक टन धानको बीउ आयात भएको छ।

विभागका अनुसार १८ अर्ब ९५ करोड ५२ लाख ४ हजार रुपैयाँको ४ लाख ९५ हजार १३८ मेट्रिक टन धान आयात भएको छ। यसैगरी ६ अर्ब ५४ करोड १५ लाख ६७ हजार रुपैयाँको ५९ हजार ६३४ मेट्रिक टन बासमती चामल, ८ अर्ब ९९ करोड ३९ लाख २९ हजार रुपैयाँको १ लाख ३६ हजार ७४४ मेट्रिक टन अन्य चामल आयात भएको छ।

विभागका अनुसार २२ करोड ८२ लाख ८४ हजार रुपैयाँको ५ हजार ५३३ मेट्रिक टन कनिका र ७ लाख ३६ हजार रुपैयाँको ४.३५ मेट्रिक टन ब्राउन चामल आयात भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *