गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं। गृहमन्त्री रमेश लेखकलाई पदमुक्त गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। ‘भिजिट भिसा प्रकरण’ मा उनकोे नाम जोडिएपछि रिट दायर भएको हो।
अधिवक्ता मधु चौलागाईंले मन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी हुन्। चौलागाईंले संविधानअनुसार गृहमन्त्री पदमा रहेर यस्तो गैरकानुनी क्रियाकलापमा संलग्न हुनु गम्भीर विषय भएको र यसले राज्य प्रणालीमै गम्भीर संकट ल्याएको दाबी गरेकी छिन्।
त्रिभुवन विमानस्थलबाट हुने भिजिट भिसा काण्डमा गृह मन्त्रालयका उच्च अधिकारीदेखि तल्ला तहका कर्मचारीको संलग्नता देखिएका थियो। उक्त प्रकरणमा गृहमन्त्री लेखक पनि विवादमा तानिएका छन्।
भिजिट भिसाको नाममा नेपाली युवाहरूलाई वैदेशिक भूमिमा पुर्याउने समहूले एक जनाबाट कम्तीमा ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गर्ने गरेको सार्वजनिक भएइको थियो।
