ब्रेक फेल भएर बोलेरो गाडी दुर्घटना, ९ जना घाइते

ताप्लेजुङ। मेरिङदेन गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मेरिङदेन गाउँपालिका ३ खाम्लुङको साक्फारामा बोलेरो दुर्घटना भएको हो।

मेरिङदेन गाउँपालिकाको नाल्बुबाट सदरमुकाम फुङलिङ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी ब्रेक फेल भइ शुक्रबार दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। एकजनालाई पाँचथर अस्पताल रेफर गरिएको छ। अन्य घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।

घाइते हुनेमा मेरिङदेन गाउँपालिका–६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम, २४ वर्षीय अञ्जना शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, २३ वर्षीया फुर्लामु शेर्पा र ५१ वर्षीया गुबा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *