ट्याक्टर ३ सय मिटर तल खस्दा चालकको मृत्यु

विराटनगर। तेह्रथुमको आठराई गाउँपालिका–३ स्थित हवाकु पञ्चमी टोलमा बिहीबार अपरा्हन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा बारा घर भएका चालक ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो। गम्भीर घाइते उनको पाँचथरस्थित गणेशमान सिंह अस्पतालमा उपाचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

ठुटेवरबाट सिमेन्ट लिएर लिम्बुनी पुलतर्फ गइरहेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *