प्रहरी इन्स्पेक्टरको बर्दी लगाएर सर्वसाधारणलाई धम्क्याउने पक्राउ
काठमाडौं। प्रहरी इन्स्पेक्टर हुँ भन्दै बर्दी लगाएर सर्वसाधारणलाई धम्क्याउँदै आतंकित बनाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।
भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा प्रहरी इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए।
जेठ ६ गते राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप प्रहरीको भनाइ छ।
प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया
