‘अफ्रिकन स्वाइन फीभर’ संक्रमण : सुनसरीमा ३६ बङ्गुर मरे
प्रतीकात्मक तस्बिर । -पिक्स्बे
सुनसरी। सुनसरीमा ‘अफ्रिकन स्वाइन फीभर’ सङ्क्रमण फैलिएपछि बङ्गुरहरू भटाभट मर्न थालेका छन्। बराहक्षेत्र नगरपालिकामा उक्त सङ्क्रमणका कारण ३६ वटा बङ्गुरमरेको भेटेरिनरी अस्पताल सुनसरीले जनाएको छ।
बराहक्षेत्र–१ को दियाली कृषि फार्मका २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ। त्यहाँका १७ वटा बङ्गुर मरिसकेका छन्। सोही ठाउँको बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने ७ वटा मरेका छन्।
स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ। त्यहाँ १२ वटा मरेको भेटेरिनरी अस्पतालले जनाएको छ। स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए।
प्रतिक्रिया
