कुकुर जोगाउँदा मोटरसाइकल दुर्घटना, आमाको मृत्यु, छोरा घाइते

विराटनगर। मोरङको रतुवामाईमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ। छोराले चलाएको मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो।

प्रहरीका अनुसार आमबारीबाट उर्लाबारी जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल रतुवामाई–६ त्रिवेणी चोकमा दुर्घटना भएको थियो। कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो।

गम्भीर घाइते मेहतालाई रंगेली अस्पताल पुर्याइएको थियो। त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चलाइरहेका मृतकका छोरा २३ वर्षीय रमेश मेहता सामान्य घाइते भएका छन्। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *