नुहाउन गएका २ बालिकाको त्रिशूलीमा डुबेर मृत्यु

काठमाडौं। नुहाउन क्रममा त्रिशूलीमा डुबेर बेपत्ता भएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार वैशाख ३० गते त्रिशूलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदीक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुवै मृत अवस्थामा भेटिएका हुन् । सदीक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहीबार फेला परेको थियो ।

जेनीको शव शनिवार धादिङको गल्छी स्थित त्रिशूलीको किनारमा फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *