दमकका पूर्वमेयर बुढाथोकीको निधन

झापा। झापाको दमक नगरपालिकाका पूर्वमेयर इन्द्रबहादुर बुढाथोकीको शनिबार निधन भएको छ।

दमक–५ घर भएका ७२ वर्षीय बुढाथोकीको बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो। उनी मुटु र मिर्गौला रोगबाट ग्रसित थिए।

२०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा (एमाले) बाट नगरको मेयर निर्वाचित भएका थिए।

पछिल्लो समय एमाले छाडेका उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्य थिए। उनको शनिबारै अन्त्येष्टि गरिने परिवारले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *