घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

विराटनगर। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ कायम भएको छ।

डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *