सिकार खेल्न जाँदा बन्दुक पड्किएर युवकको मृत्यु

पाँचथर। वन्यजन्तुको सिकार गर्न गएका एक युवकको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको जंगलमा बुधबार राति भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ।

प्रहरीका अनुसार भरुवा बन्दुक पड्किँदा फिदिम नगरपालिका–९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो।

छिमेकी ३३ वर्षीय छिमेकी मनबहादुर सम्बाहाम्फेसँग उनी जंगल गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकार खेल्न गएका बेला बन्दुक पड्किएर मगरको पेटमा लागेको थियो।

गम्भीर घाइते भएका उनलाई पाँचथर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। मगरसँगै गएका सम्बाहाम्फेलाई भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रुपेश तामाङले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *