सुधार गृहबाट ३ जना बालक भागे

विराटनगर। विराटनगर–३ स्थित बाल सुधार गृहबाट ३ जना बालक भागेका छन्। ‘बालबिज्याइँ’ मा दोषी उनीहरु सोमबार सुधार गृहबाट भागेका हुन्।

उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरु फरार भएको बाल सुधार गृहका प्रमुख मिलन चौहानले जानकारी दिए।

फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। उनी तीन वर्षदेखि सुधार गृहमा थिए।

झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए। फरार बालकहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *