भारतीय रूपैयाँसहित पक्राउ
सांकेतिक तस्बिर
झापा। मेचीनगर–७ जोरसिमलबाट १५ लाख भारतीय रुपैयाँसहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बस जाँचका क्रममा भारु १४ लाख ९९ हजार ७०० सहित मोरङ उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार नगदसहित कार्कीलाई राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ।
प्रतिक्रिया
