भारत-पाकिस्तान तनाव : युद्धको अवस्थाले चिन्ता

काठमाडौं। भारत–पाकिस्तान तनाव बढ्दै गएपछि युद्धको अवस्था निम्तिएको छ। यसले दक्षिण एसिया क्षेत्र र समग्र विश्वभर असर गर्ने जोखिम बढेको छ। भारतले मंगलबार राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेपछि तनाव झन् बढेको हो।

भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको उक्त आक्रमणमा भएको मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ। बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ।

पाकिस्तानी अखबार ‘डन’ ले आक्रमणमा ३ जनाको मृत्यु भएको र १२ जना घाइते भएको जनाएको छ। भारतीय सेनाले भने पाकिस्तानको सैन्य क्षेत्रमा आक्रमण नगरेको जनाएको छ।

पाकिस्तानी सञ्चार माध्याम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ।

यसैबीच पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ। मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

कतिपय उडानहरू प्रभावित भएका छन् भने हवाई उडानहरू डाइभर्ट गरिएका छन्। लाहोर विमानस्थल ४८ घन्टाका लागि आपत्कालीन अवस्था घोषणा गरिएको हो।

कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा भ्रमणमा गएका एक नेपालीसहित २६ पर्यटक मारिएका थिए। त्यसयता दुई देशबीच तनाव बढेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *