दुर्घटनामा नगर अधिकृतको मृत्यु

झापा। दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको बिहीबार साँझ दुर्घटनामा परी मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका-६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कार्पियो गाडी आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सवारी चालक दमक-९ का बस्ने ३८ वर्षीय देबेन्द्र तामाङ, दमक-१० का वडा अध्यक्ष ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक-१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह-१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन्।

उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *