शिक्षक महासंघ-सरकार वार्ता : सहमति जुट्ने अपेक्षा
Oplus_131072
काठमाडौं। नेपाल शिक्षक महासङ्घका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो।
महासङ्घले राखेका अधिकांश मागहरूमा सरकारले सहमति जनाएको जनाइएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नका लागि राखिएको मागमा सहमति जुट्न बाँकी छ।
वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समिति सभापति अम्मर बहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे, एमाले सचेत महेश बर्तौला, शिक्षा उपसमिति संयोजक छविलाल विश्वकर्मा सहभागी छन्।
महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, महासचिव तुलाबहादुर थापा लगायतका पदाधिकारी तथा शिक्षक नेताहरूको सहभागिता छ।
आफ्ना माग पूरा गराउन महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएको छ।
प्रतिक्रिया
