शिक्षकहरू सडकमा : ‘आन्दोलनबाट पछि हट्दैनौं’
गत वर्ष शिक्षा ऐन माग्दै काठमाडौँमा भएको शिक्षक-कर्मचारीको आन्दोलन
काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बदनाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन्। विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिन सोमवार विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
आइतबार भएको आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी अराजकता मच्चाउन खोजेर विरोधीहरुले ढुङ्गामुडाको अवस्था सिर्जना गरेको साथै प्रहरीले दमन गरेको बताए।
सत्तामा बस्नेहरु थाकेर भाग्न सक्ने भए पनि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट पछि नहट्ने उल्लेख गरे।
शिक्षकहरुको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको उनको भनाई छ।
प्रतिक्रिया
