आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक चढेको बस दुर्घटना
विराटनगर। शिक्षकहरु चढेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–९ दूधेमा आज शनिबार बिहान दुर्घटना भएको छ। काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक चढेको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाभन्दा बढी शिक्षकहरु रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको सयपत्री यातायातको बस अनियन्त्रित भएर बिहान ५ः३० बजेतिर दुर्घटनामा परेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए।
प्रहरीका अनुसार १२ जना घाइतेको बिर्तासिटी अस्पताल र ९ जनाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । बस चालक शिवसताक्षी–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा परेका शिक्षकहरु झापा, इलाम, पाँचथरलगायत जिल्लाका हुन्। केही शिक्षकहरु साथीहरुसँग पूर्वको भ्रमणमा आएको जनाइएको छ।
घाइतेको नामावली
१, झापाको मेचीनगर नगरपालिका–१ का ५५ वर्षीय टेकचन्द्र फुयाँल ।
२, दोलखाको गौरीशंखर नगरपालिका–४ का ५२ वर्षीय शान्तिप्रसाद उप्रेती ।
३, इलामको सन्दकपुर गाउँपालिका–५ का ४६ वर्षीय गोपाल खतिवडा ।
४, झापाको मेचीनगर–१४ का ५२ वर्षीय सिकेन्द्र ढकाल ।
५, झापाको अर्जुनधारा नगरपालिका–१० का ४० वर्षीय लोकनाथ ढकाल ।
६, पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का ४५ वर्षीय सीताराम अधिकारी ।
७, कालिकोटको रास्कोट नगरपालिका–४ का ३६ वर्षीय पूर्णनाथ योगी ।
८, झापाको कचनकवल गाउँपालिका–३ का २० वर्षीय श्याम तामाङ ।
९, झापाको मेचीनगर–१ का ३९ वर्षीय अनिल विक ।
१०, झापाको भद्रपुर नगरपालिका–५ का ३७ वर्षीय भोला पन्थी ।
११, इलामको फाकफोकथुम गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष आचार्य ।
१२, झापाको बिर्तामोड नगरपालिका–६ का ४३ वर्षीय शान्तिमाया राई ।
१३, झापाको मेचीनगर–९ का ४६ वर्षीय ईश्वरप्रसाद भण्डारी ।
१४, मेचीनगर–९ की ३२ वर्षीया सृजना प्रसाईं ।
१५, मेचीनगर–९ की ५२ वर्षीया सीता मगर ।
१६, मेचीनगर–९ का ५० वर्षीय सीताराम रिमाल ।
१७, मेचीनगर–४ का ५५ वर्षीय मीनबहादुर पौडेल ।
१८, मेचीनगर–८ का ४२ वर्षीय पदमप्रसाद पौडेल ।
१९, झापाको कनकाई नगरपालिका–३ का २४ वर्षीय राजन चिमरिया ।
२०, पाँचथरका २८ वर्षीय दीपक सुब्बा ।
२१, रौतहट राजपुतका २५ वर्षीय विक्रमकुमार दास ।

८, झापाको कचनकवल गाउँपालिका–३ का २०० वर्षीय श्याम तामाङ ।
असावधानीवश फरक पर्न गएकाले सच्याइएको छ। ध्यानकर्षणका लागि धन्यवाद ।