ट्याक्टर दुर्घटना हुँदा विराटनगरमा १ जनाको मृत्यु

विराटनगर। विराटनगरमा शुक्रबार अपराह्न बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ इक्राहीमा दुर्घटना भएको हो ।

ट्याक्टरमा सवार सुनसरीको बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको हो। प्रहरीका अनुसार बाँस लोड गरेर दावाबन्दीबाट केशलियातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनालगत्तै फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *