विराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर। ससुराली घर आएका एक जना भारतीय नागरिकको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार भारत, जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा उनलाई करेन्ट लागेको हो ।

कोठाभित्र सुतिरहेका बेला ओछ्याननजिकै रहेको टेबल पंखाबाट उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *