धनकुटामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–९ रुद्रबारीमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को २ त ७९३४ नम्बरको ट्याक्टर पछाडिको टायर पन्चर भएर दिउँसो २ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टायर पन्चर भएपछि सडकमै अनियन्त्रित बनेको ट्याक्टरबाट खसेर सहचालक साँगुरीगढी गाउँपालिका–७ का २० वर्षीय विवेक थापाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालक किसान राई फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
