सप्तकोशीमा डुबेर मामा भान्जा बेपत्ता, खोज्दै गोताखोर

विराटनगर। सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउन गएका दुई जना सोमबार बिहान बेपत्ता भएका छन्। खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी–१६ का १६ वर्षीय जेनिस आचार्य बेपत्ता भएका हुन्।

उनीहरु मामा भान्जा रहेको जनाइएको छ। परिवारसँग बराह क्षेत्र मन्दिरमा पूजा गर्न गएका उनीहरु नुहाउने क्रममा भँगालोमा परी बगेर बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ। खोजीमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराको टोली खटिएको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयबाट पनि थप टोली परिचालन गरिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा समेत मिलेर बेपत्ता दुवैको खोजी कार्य भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *