गाडीमा आगलागी : परिवारका ३ सहित ४ जनाको मृत्यु
ताप्लेजुङ। पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आज सोमबार बिहान आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार ललितपुरकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापाको भद्रपुरका ७० वर्षीय विनोद पौडेल, हजुरआमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको छ।
प्रहरीका अनुसार आगोले जलेर ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन्। उनी मृतक आध्याकी आमा हुन्। सविनाका ९ वर्षीय छोरा अभियव पनि घाइते छन्।
फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा बिहान ४ः५० बजेतिर आगलागी भएको हो। प्रहरीका अनुसार बिजुलीको खम्बाबाट तल झरेर लत्रिएको तारमा मा गाडीले छोइएपछि आगलागी भएको अनुमान गरिएको छ।

एउटा बिजुलिको तार को सम्रक्ष्यक गर्न नसक्ने चोर हरुले केबर कार बनाउने