तीर्थयात्री चढेको गाडीमा आगलागी, ४ जनाको मृत्यु, ६ घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा तीर्थयात्री चढेको गाडीमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी भएको प्रहरीले जनाएको छ।

तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीपमा पाथीभरा क्षेत्रको सेवारो चोकमा आज सोमबार बिहान आगलागी भएको हो।

बिजुलीको खम्बाबाट लत्रिएको तारमा छोइएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।

उनका अनुसार दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरू आमा छोरा हुन्। आमाको अवस्था गम्भीर छ।

दुर्घटनामा परी मृत्यु भएका चार जनाको शव नचिनिने अवस्थामा रहेको स्थानीयले जनाएका छन्। उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुगेका उनीहरु होटेल प्यारिजमा बसेका थिए। त्यहााबाट आज सोमबार बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि त्यसतर्फ गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *