पाथीभरा क्षेत्रमा गुडिरहेको गाडीमा आगलागी, ठूलो क्षतिको अनुमान

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीसाधनमा आगलागी भएको छ। घटनामा ठूलो क्षति अनुमान गरिएको छ। पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा घटना भएको हो।

आगो कसरी लाग्यो भन्ने यकिन नभए पनि विजुलीको ‘हाइटेन्सन लाइन’ को तार सवारीसाधन माथि खस्दा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलले ठूलै संख्यामा हातहाती भएको आशंका रहेको बताए। थुप्रै जना जलेको अवस्थामा देखिएको प्रहरीको भनाइ छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *